नेपालमा यतिबेला खुल्लमखुल्ला घुस प्रकारण बाहिरिदै आएकाे छ । मकवानपुर बन कार्यालयमा स्टीङ अपरेशन गरेर उक्त कार्यालयका कर्मचारी घुस सहीत रंगेहात समातिएका छन् ।
मकवानपुरमा भएकाे जग्गा बन कार्यालयकाे कारणले मालपोत कार्यालयले जग्गा रोक्का राखिदिएकाे र बन कार्यालयमा गएर उक्त जग्गा मालपोतबाट छुटाउन प्रयास गर्दा बन कार्यालयका कर्मचारीले २५/३० हजार बोकेर आउनुस्, तपाइँकाे काम सकिदिन्छु भनेर भनेपछि जग्गा वालाहरूले बनाए यस्तो योजना ।
योजना अनुसार गण्डकी छड्केका अपिल त्रिपाठीलाइ खबर गरेपछि अपिल सहितको टोलीले योजना बनाएर तिनै कर्मचारीलाइ भेट्न बोलाए । भेट्न अगाडि नै उनिहरूले पैसा पनि तयार गरे । पैसा तैयार मात्रै गरेनन् उनिहरूले सबै पैसाकाे नम्बर सहित फोटो सहित खिचेर राखे ।
भ्रष्टाचारको पराकाष्ट बाहिर ल्याउन कर्मचारी माथि यसरी स्ट्रिङ अपरेशन गरियो जसबाट सजिलै ती कर्मचारी समातिए । घुस लिदालिदै अपिल त्रिपाठीकाे टोली गएर भिडियो सहित निज कर्मचारीलाइ रङ्गेहात समाते । बाँकी के के भयो भिडियो मै हेर्नुहोस् ।
भिडियोः