गायक कमल विष्टको स्वरमा जति निदाउ रातमा बोलको गजल आएको छ । रमेश रसिक पौडेलको लेखन, सरोज प्याकुरेलको संगीत रहेको यो गजलको सेर जति निदाउ रातमा विहान सम्म मात्र हो, जति कुदाउ जीन्दगी चिहान सम्म मात्र हो ले धेरैको मन सुरुमै कटक्क खाएको छ ।
बरिष्ठ एरेन्जर मनोहर सुनामको एरेन्ज र भोला पौडेलको मिक्सीङ रहेको गजल वियोगान्त रहेको छ । धनि परिवारको एक युबकले श्रीमतीको खुसिको लागी घर उसैको नाममा पारेको र श्रीमतीले सन्तान नभएको झोकमा श्रीमानलाई घरबाट निकालेको कथा यो गजलको भिडियोमा समावेस भएको छ ।
भिडियोमा विजय गिरी, मिना बासकोटा, प्रकाश सापकोटा र रोशन अधिकारीको बेजोड अभिनय रहेको छ । सुरेन्द्र श्रेष्ठको छायांकन रहेको भिडियोमा सुरज श्रेष्ठको सम्पादन र सरोज प्याकुरेलको निर्देशन रहेको छ ।
गायक कमल विष्ट चर्चित गायक तिलक सिङ पेलाका चेला हुन् । उनले तिलक सिंङ पेलाको चर्चित गजल तिलकले गाउनु भन्दा अगाडी स्टेजमा गाएका थिए । यो गजलले पनि राम्रो छाप छोड्ने उनको अनुमान छ । भिडियोमा कलाकारहरुको अभिनय निकै उत्कृष्ठ देखिएको छ ।
भिडियो हेर्नुस्ः