माेरङ । विराटनगरमा रहेको सेन्ट्रल मलबाट खसेर एक युवकको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका –५ कोचाखालका २३ वर्षीय मुकुन्द काफ्लेको मलको तेस्रो तल्लाबाट खसेका मृत्यु भएको हाे । वैशाख ३१ गते साँझ काफ्लेले सेन्ट्रल मलको तीन तल्ला माथिबाट खसेका थिए ।
माथिबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोसी अस्पतालमा भर्ना गरिएको र उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ ।