विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले नेपाली साहित्यको विभिन्न विधामा विश्वव्यापी प्रतियोगिताहरू आयोजना गर्दै आएको कुरा सर्वविदितै छ । यसै सिलसिलामा आयोजना गरिएको विश्वव्यापी खुला गजल प्रतियोगिता २०२३ को नतिजा भर्खरै सार्वजनिक गरिएको छ ।
यो प्रतियोगिताका विजयी प्रतियोगीहरूलाई पुरस्कार समर्पण तथा सम्मान कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति श्री भुपाल राईज्यूको प्रमुख आतिथ्यमा यही जेठ ८ गते तदनुसार २२ मे २०२३ सोमवारका दिन अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा जुम भर्चुअल सभाहलमा भव्य रूपमा हुँदैछ ।
उक्त कार्यक्रममा नेपाली साहित्यमा विशिष्ट योगदान दिनु हुने श्री राजकुमार राई, हङकङ, श्री कमला प्रसाईं, अमेरिका, श्री डम्बर पहाडी ‘एलाक’ काठमाडौँ गरी तीन जनालाई सम्मान पनि गरिने छ । कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौँ । तल दिइएको जुम ठेगानामा क्लिक गरेर जोडिनहुन अनुरोध गर्दछौँ ।
~ पुरस्कार समर्पण तथा सम्मान कार्यक्रम
मिति : ०८ जेठ २०८०/ २२ मे २०२३/सोमवार
समय : साँझ ७:०० बजे (नेपाली)
स्थान : जुम भर्चुअल ID – 891 2327 8585
सोझै जोडिन : https://us02web.zoom.us/j/89123278585
Passcode : No need
विनेसाम केन्द्रीय परिवार