प्रस्न? आस्था कोपिला
कक्षाकोठाभरी च्यातिएका छन
बारुद जस्तै
छरपस्ट कागजका टुक्राहरु
र
ती टुक्राहरुबाट आइरहेको छ
बोद्दिक्ता शून्य बिचारका ध्वनि हरु
म नानीहरुलाइ
इतिहास पढाउन
कक्षाकोठा पसेकी छु
उठाएर पुस्तक
पल्टउछु
इतिहासका पानाहरु
झर्छ,,
शब्द शब्दबाट
रगतको थोपाहरु
भेटिन्छ
युद्ध आतंकका कहाली लाग्दा
आगोको ज्वाला
र
त्यही ज्वालामा पिल्सिएका छन
देशको रहर लाग्दा निला सपनाहरू
आतंकित बने
सबै नानीहरू ,,,,
के सिकाउ,,, ह म !!!???
सबैलाई मारेर आफू सम्राट हुन
या अनुहार फेरि फ़ेरि आइरहन्छ्न ,,,
बाद्शाह्हरु कम्जोरको छातिमा बुट बजार्न
के सिकाउ ह म !!!???
इतिहास पढेपछि
आतंकित छन् नानीहरू ।।।