गोरखा–
गण्डकी गाउँपालिकाको प्रशासनिक भवन बन्टारमा बनाउने प्रस्ताव गाउँ सभाबाट पारित भएको छ । शुक्रवार बसेको १३ओेै गाउँसभाको बहुमत सदस्यले पालिकाको प्रशासनिक भवन बन्टारमा बनाउने प्रस्ताव पारित गरेको हो । बन्टार वडा न ६ भुम्लिचोकमा पर्दछ ।
२०७४ मा स्थानीय सरकार सञ्चालन भएपछि गाउँपालिकाको अस्थायी भवन वडा न ६, भुम्लिचोकमा कायम गर्ने निर्णय गरेको थियो ।
२०७८ मा भएको गाउँ सभाले गाउँपालिकाको प्रशासनिक भवन वडा न ६ ओखल डाँडामा बनाउने निर्णय गरेको थियो ।
२०७९ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका दीपक तिमिल्सिनाको नेतृत्वले गाउँपालिकाको सेवा कार्यालयका रूपमा बन्टारमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
गाउँ सभा मार्फत पारित भएपछि अब पालिकाले भवन निर्माण गर्न बाटो खुल्ला भएको छ । पालिकाको भवन निर्माणका लागि हरेक वर्ष संघ र प्रदेश सरकारले रकम दिदैं आइरहेको छ ।
यसअघि नै पालिकाले ल्याएको नीति तथा कार्यक्रममा सहित बजेटमा पालिकाको प्रशासनिक भवन बनाउन बजेट विनियोजन गरेको थियो।