काठमाडौँ । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गरेको सुनसँगै तीन जनालाई पक्राउ गरेको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।
भन्सार पास भइसकेको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट गन्तव्यतिर लैजाने क्रममा बरामद भएको उनको भनाइ छ। सुन हङ्कङबाट आएको हो भने अहिले सुनको तौल जोख्ने लगायतका आवश्यक प्रक्रिया थालिएको छ ।
मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ मा छिपाएर सो सुन काठमाडौं ल्याइएको थियो । सुन आएकोबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालय र विमानस्थल सुरक्षा कार्यालय बेखबर छन् ।
उनका अनुसार सुन ८० देखि १०० किलोको बीचमा रहेको अनुमान गरिएको छ ।