काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा , पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ र ९६ पैसा बिक्रीदर १६८ रुपैयाँ ७२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।
पूरा हेर्नुहोस्ः






















