डडेल्धुराः डडेल्धुरामा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन्। जिल्लाको परशुराम नगरपालिका-८ अैडुङ्ग्राकी बिमला नेगीले अस्पताल लैजाँदै गर्दा बाटोमै बच्चालाई जन्म दिएकी हुन्।
प्रसव पीडा सुरू भएपछि उनलाई स्टेचरमा बोकेर अस्पतालतर्फ लगिँदै थियो। त्यही क्रममा अस्पताल नपुग्दै बाटोमै महिलाले बच्चालाई जन्म दिएको स्थानीय मनोज कार्कीले जानकारी दिए।
भौगोलिक विकटताका साथै वर्षाले ग्रामीण सडक बिग्रिएको परशुराम नगरपालिका-८ का अध्यक्ष दिनेश प्रसाद जोशीले बताए। एक महिनाअघि पनि परशुराम नगरपालिका-८ की एक महिलाले बाटोमै बच्चा जन्माएकी थिइन्।
भिडियोमा हेर्नुहोस्