चितवनकी बीना दराई पीएचडी गर्ने नेपालको पहिलो दराई महिला बनेकी छन् ।
भरतपुर महानगरपालिका–१५ मंगलपुरकी दराईले अमेरिकाको बोस्टनामा रहेको म्यासाच्युसेट्स विश्वविद्यालयबाट नर्सिङ विषयमा पीएचडी गरेकी हुन् ।
५० वर्षीय बीना नेपाली सेनामा नर्स रहेर एक दशक बढी काम गरेपछि सेवानिवृत्त भई अध्ययनमा लागेको उनका साथी गजलकार रमेश प्रभातले नारायणी अनलाइनलाई बताए ।
उनले पीएचडी गरेसँगै बीना दराई महिला समुदायबाट पीएचडी गर्ने पहिलो महिला बनेकी छन् ।
बीनाले माओवादी विद्रोह चर्किएको समयमा सन् १९९६ बाट सन् २००६ सम्म नेपाली सेनामा काम गरिन् ।
चितवनबाट एसएलसी पूरा गरेपछि उनले महाराजगन्जबाट नसिंङ अध्ययन गरेकी थिइन् ।






















