काठमाडौं : विष्णु माझीको स्वार रहेको यस वर्षको तीज गीत ‘बलमा’ बुधबार युट्युबमा सार्वजनिक भएको छ । सपना म्युजिक इण्डष्ट्री नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।
‘पुतलीको भट्टी–१९’ अन्तर्गत रहेको गीतको भिडियोमा मोडल बिनु सुवेदी फिचर्ड छिन् । गीतमा महिला हिंसाविरुद्धको सन्देश दिने प्रयास गरिएको छ ।
सुन्दरमणिकै निर्देशन रहेको भिडियोमा शम्भु चालिसेको छायांकन र निशान घिमिरेको सम्पादन छ । विष्णुले प्रत्येक वर्षको तीजमा गीत सार्वजनिक गर्दै आएकी छिन् । फ्यान केही महिनादेखि नै उनको गीतको पर्खाइमा थिए ।
भिडियो हेर्नुस्