भक्तपुर । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मिति नजिकीए संगै प्रतिनिधि चयनको प्रक्रियालाई लिएर प्रदेश अन्तर्गतका विभिन्त्र जिल्लाहरुमा प्रतिनिधि चयन प्रक्रियामा चर्को विवाद उत्पन्न भएको छ । प्रचारमा धेरै जसो जिल्लाहरुमा सर्वसम्मत प्रतिनिधि चयनको कुरा वाहिर आए पनि कतिपय जल्लाहरुमा सर्वसम्मत प्रक्रियामा भएको किचलो र एकपक्षीय ज्यादती कथाहरु वाहिर आउन थालेको छ ।
मंगलबार (हिजो) भएको भक्तपुर जिल्ला अन्तर्गत चाँगुनारायण नगरपालिकाको प्रतिनिधि चयन गर्ने क्रममा कुटाकुट भएको छ । प्रतिनिधि चयन गर्ने क्रममा आफूले सोचे अनरुप अर्थात आफ्नो नाम प्रतिनिधिमा नपरेपछि चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश वुढाथोकीले जिल्ला संगठन विभागका प्रमुख शिवराम तिँिम्लसिनामाथि हातपात गरेका छन ।
जिल्लामा प्रतिनिधि चयनका क्रममा चर्को गुटगत गतिविधि भएको र सर्वसम्मत गर्ने नाममा जिल्लाको संस्थापन पक्षले विधि र प्रक्रियाहरु मिचेको इतर पक्षको गुनासो छ । उपमेयर वुढाथोकीले हिजो साँझ सूर्यविनायकमा रहेको एमाले जिल्ला कार्यालय परिसर भित्रै तिम्लिसिनामाथि हातपात गरेपछि हिजो साँझ जिल्ला परिसरमा वरपर केही समयसम्म निकै तनावपूर्ण अवस्था रहेको थियो ।
सर्वसम्मत प्रतिनिधि चयन गर्ने क्रममा कार्यकर्ताहरु माथि डर,धाक धम्की दिएर जर्वरजस्ती सर्वसम्मत संस्थापन पक्षले गरेको इतरपक्षको आरोप छ । हिजो जिल्लामा भएको सो घटनालाई लिएर एमाले भक्तपुरका नेता –कार्यकर्ताहरु विभाजित भएका छन ।
जिल्लाको संस्थापन पक्ष अर्को पक्षलाई नामेट पार्ने योजनाका साथ आएको र मनोमानीढगले प्रतिनिधि चयन गरेको भन्दै इतर पक्षले चर्को विरोध जनाएको छ । यद्धपी विवाद बीच हिजो नै नगरपालिकाबाट सोह्रजना प्रतिनिधि चयन गरेको घोषणा गरेको छ ।
विवादबीच सर्वसम्मत भनेर घोषणा गरेका नामहरु यसप्रकार छ । शम्भुप्रसाद दाहाल, रामवहादुर श्र्रष्ठ, मदन लाल महर्जन, महेशनाथ ढुगाना, गिताप्रसाद नेपाल, शिवराम तिमिल्सीना, कृष्णराम गेलाल, रामकुमार बुढाथोकी, विष्णु तामाङ, कुष्णमुरारी खनाल, त्यसरी नै महिशलाहरुमा मन्दरा मिश्र, रमिला कार्की, दुर्गाथापा लामिछाने, रमा थापा,सरु थापामगर र विमला अर्याल रहेका छन ।
उता जिल्लाको मध्यपुरमा प्रतिनिधि छनोटमा निर्वाचन नै हुने भएको छ । ७ जना पुरुष प्रतिनिधिका लागि १४ जनाले गुटगतरुपमा उम्मेदवार दिएका छन । ७ जनाका लागि १४ जना उम्मेदवारहरुमा भाष्कर प्रधानाङ,राष्ट्र शम्मशेर थापा, मदनसुन्दर श्रेष्ठ, तारामान जोशी, विसोस श्रेष्ठ, शुमन जोशी, चन्दनकृष्ण श्रेष्ठ, दिपक श्रेष्ठ, अनिश आचार्य, हेमराज गौतम,विष्णु श्रेष्ठ, चन्द्रभक्त श्रेष्ठ, बालकृष्णपाथ्य श्रेष्ठ र मधुकर थापा रहेका छन ।