”सुनिल सङ्गम” अर्थात् नेपाली डायस्पोरामा एक सशक्त हस्ताक्षर अनि एक बहुमुखी प्रतिभाका धनि व्यक्तित्व । उनै सुनिल सङ्गमद्वारा निर्देशित तथा अभिनित म्यूजिक भिडियो “परदेशमा बाँचेको छु” हिजो सार्वजनिक भएको छ ।
कुँडिएको मन लिएर परदेशमा बाच्नु पर्ने विवशता भित्रको पिडालाई हाल बेलायत निवासी साहित्यकार सङ्गमले आफ्ना रचना मार्फत प्रस्फुटन गरेका छन् ।
उक्त गीतको सङ्गीत कम्पोज गोबिन्द फुयालले गरेका हुन् भने सङ्गीत सँयोजन कुमार थापाले गरेका हुन् ।
‘तिम्रो लागि’ नामक म्युजिक भिडियो मार्फत भिडियो निर्देशनमा हाल हालेका सङ्गमले हालसम्म झन्डै आधा दर्जन म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् भने केही म्यूजिक भिडियोमा संगीत पनि आफैले भरेका छन् ।
२०५७ सालमा शव्द रचना तर्फ रेडियो नेपालद्वारा आयोजित प्रतियोगितात्मक आधुनिक संगीत सम्मेलनमा दोस्रो स्थान प्राप्त गरेसंगै नेपाली साहित्यको आकाशमा उदय भएका साहित्यकार सङ्गम सिन्धुलीमा जन्मिएका हुन् । तर बैदेशिक रोजगारीको सिलसिलामा इजरायल र पोर्चुगल हुदै हाल बेलायत निवासी भएका छन् ।
सुनिल सङ्गमको निर्देशनमा सुनिल श्रेष्ठ, बिना गुरुङ श्रेष्ठ र सुविम श्रेष्ठले गरेको अभिनयलाई विश्वजित थापाले आफ्नो क्यामरामा कैद गरेका हुन् भने रेकर्डिङ्ग र मास्टरिङ्गको काम मित्र लामाले सङ्गम स्टुडियो काठमाण्डुमा गरेका हुन् ।
अनेसास उत्कृष्ट पुस्तक पुरस्कार-२०१३, सर्वोकृष्ट गीतकार(पपगीत)-नेशनल पावर न्यूज म्यूजिक अवार्ड-२०२० र नइ रजत महोत्सव पदक -२०७९ द्वारा सम्मानित सुनिल सङ्गमको यो म्यूजिक भिडियोले झन्डै एक करोडको हाराहारीमा परदेशीएका नेपालीहरुको स्वदेशप्रतिको माया र समर्पणलाई प्रतिनिधित्व गर्दछ ।
यस्तो छ भिडियो:






















