काठमाडौँ । नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–५ घर भएका डिल्ली राम खनाललाई पक्राउ गरिएको साइबर ब्यूरोका एसपी पशुपति कुमार रायले बताए ।
४६ वर्षीय खनालले सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन र प्रदर्शन गरेको आरोप छ । खनाललाई कारवाहीको दायरामा ल्याउन जंगी अड्डाले साइबर ब्युरोलाई पत्र पठाएको थियो ।
खनालविरुद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी रायले जानकारी दिए ।