अहिलेको मौसम घुम्नका लागि उपयुक्त मानिन्छ। तिहारको समयमा बिदा पनि भएकाले धेरैलाई कतै घुम्न जान पाए भन्ने लागिरहेको हुन सक्छ। काठमाडौंका बासिन्दालाई लक्षित गर्दै आजभोलि टुर्स तथा ट्राभल कम्पनीहरूले पनि विभिन्न ठाउँको प्याकेज बनाइरहेका छन्।
छोटो समयमा सजिलो घुमघाम कहाँ गर्ने भन्ने सोच्दै हुनुहुन्छ भने हामीले लुम्बिनी एक अति सुन्दर धार्मिक स्थलको रूपमा सुझाएका छौं। हामीले पर्यटन गन्तव्यको रूपमा उल्लेख गरेका हौं
लुम्बिनी
गौतम बुद्धको जन्मस्थान लुम्बिनी घुमफिरको अर्को आकर्षक गन्तव्य हो। लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा पर्ने यो गन्तव्य स्वदेशीसँगै विदेशी पर्यटकको पनि रोजाइमा छ।

भैरहवासम्म जहाजमा गएर त्यहाँबाट गाडीमा लुम्बिनी जान सकिन्छ। वा काठमाडौंबाट सिधै गाडीमा पनि पुग्न सकिन्छ। लुम्बिनी गाैतम बुद्धकाे जन्मस्थान भएकाले बाैद्धमार्गीहरूका लागि त यो विश्वकै पवित्र स्थानकाे रूपमा मानिन्छ । यति मात्रै नभएर शान्तिका रूपमा समेत मानिने भगवान बुद्धका बारेमा जान्न र बुझ्न चहानेहरूका लागि लुम्बिनी एउटा युनिभर्सिटी नै हाे ।

























