काठमाण्डाैं जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म तोकेको निषेधित क्षेत्रविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा मंगलबार काठमाडौं प्रशासनको निर्णयविरूद्ध रिट दिएका हुन्। अधिवक्ता नेपालका अनुसार बुधबारका लागि पेशी तोकिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार विज्ञप्ति जारी गरेर माइतीघर-नयाँ बानेश्वर क्षेत्र एक महिनाका लागि निषेधित क्षेत्र तोकिएको उल्लेख गरेको थियो।
नेकपा (एमाले) को भ्रातृ संस्था युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलमा मंसिर ७ गते प्रदर्शन गर्ने तयारी गरेका थिए।