काठमाडाैं । पूर्वएआईजी रणबहादुर चन्दले आफू ‘हनी ट्र्यापिङ’ मा परेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस शेयर गर्दै उनले केहीबेरमा हनी ट्र्यापरको नाम सार्वजनिक गर्नेसमेत लेखेका छन् ।
आज बिहान १०:२ मा उनले लेखेका छन्, ‘मेरो जीवनमा धोका दिने एक जना, नाम सार्वजनिक गर्दै छु ।’ त्यसपछि २:१३ मा अर्को स्टाटस लेख्दै चन्दले लेखेका छन्, ‘त्यो हनी ट्र्यापर हो । एक घण्टामा नाम सार्वजनिक गर्दै छु ।’
केही दिनअघि उनले आफूलाई सामाजिक अभियन्ता बताउने तारा बरालसँग विवाह गर्ने सहमति गरेका थिए । सामाजिक सञ्जालमा उक्त सहमति कागज भाइरल बनेपछि उनले आफूले नशाको तालमा उक्त सहमतिमा हस्ताक्षर गरेको बताएका थिए ।