नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ ।
ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
उनका अनुसार तिहार छठको समयमा चोरले ५ हजार ५ सय अमेरिकी डलर, २ लाख भारतीय रुपैयाँ, २ लाख नेपाली रुपैयाँ, ५ तोला सुन, २ किलो चाँदीलगायतका सामग्री चोरी भएको थियो ।
चोरीको घटनाबारे सूचना प्राप्त भए लगतै प्रहरीले करिब १ घण्टाभित्रै उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–३ शैलुङ्गेश्वरीका अमर भन्ने अम्बरबहादुर तामाङ रहेका छन् ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















