काठमाडौं, पुस ३ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।