काठमाडौं, पुस ४ । झापामा धान काट्ने थ्रेसरमा परी एक जनाको मृत्यु भएको छ ।
जिल्लाको झापा गाउँपालिका-२ सुथा बथान बस्ने ५७ वर्षीय नुनुवा टुडुको थ्रेसरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
बुधबार बिहान साढे ७ बजे आफ्नै खेतमा रहेको प्र १–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको थ्रेसर मेशिनमा धान थ्रेसर लगाउने क्रममा उनी त्यसमा परेका थिए।
घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको टोली त्यसतर्फ खटिएको थियो ।