काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५५ पैसा पुगेको छ ।
आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ७८ पैसा र बिक्रीमा १४६ रूपैयाँ ४४ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रूपैयाँ ३० पैसा र बिक्रीमा ९ रूपैयाँ ३४ पैसा रहेको छ ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २० पैसा र बिक्रीदर ३६ रूपैयाँ ३६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ५६ पैसा र बिक्रीदर २८ रूपैयाँ ६९ पैसा पाइन्छ । कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ४३ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ३८ पैसा तोकिएको छ ।
त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २३ पैसा तोकिएको छ ।
विस्तारमा हेर्नुहोस्ः