काठमाडाैं । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ र ३३ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४७ रुपैयाँ १ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ र ८ पैसा बिक्रीदर १६९ रुपैयाँ ८५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३५ पैसा र बिक्री दर ९० रुपैयाँ ७६ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा रहेको छ ।
बिस्तारमा हेर्नुहोस्ः