काठमाडौं । आइतबार बिहान ६ बजेर ४५ मिनेट बझाङमा भूकम्प गएको छ ।
आज विहानै करिव ६ः४५ बजेतिर गएकाे भूकम्प, ३.४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बझाङ गत असोज १६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पटक(पटक भूकम्प गइरहेको छ । सो भूकम्पको महसुस सुदूरपश्चिमका अन्य जिल्लामा पनि गरिएको छ ।