रिलिज भएको करिब १५ बर्ष पछि शंकर अधिकारीको गीत सिम्पल सिम्पल कान्छिको दोश्रो भाग रिलिज गरिएको छ । सिम्पल सिम्पल कान्छिको डिम्पल पुरेछ, भुपु माया भेट हुने दिनै जुरेकाे रहेछ ।
हेन्सम हेन्सन कान्छाको जुङै फुलेछ काली काली मेहन्दि लाउनै भुलेछ ।जवानी बेलामा छुटेको माया अचानक बाटोमा भेट हुदाको रमाइलो पल लाई समेटन खोजिएकोछ गीतमा शंकर अधिकारी घायलको गीतमा बाबुल गिरीको संगीत र एरेन्ज अनि नित्याशिवा र राजन श्रेष्ठको स्वर रहेको छ ।
भिडियोमा किरण केसि रातामकै ,दिपाश्री निरौला को अभिनय मा बालकलाकार रोनिस खडका , र प्रनिता रोकायाको अभिनय रहेको छ । भिडियो लाई सौरभ लामा ले खिचेका हुन भने सियोन श्रेष्ठको नृत्य शिलन लम्सालको सम्पादन रहेको भिडियोमा नन्दा अधिकारीको शृङार सरिता श्रेष्ठको केश बिन्यास रहेकोछ ।
भिडियो लाई माइकल चन्दले निर्देशन गरेका हुन भने उक्त गीत लाई राजन श्रेष्ठ युटुब च्यानल बाट रिलिज गरिएको छ ।
भिडियो हेर्नुहोस्ः