नेपालले वेस्ट इण्डिजको ‘ए’ टिम विरूद्धको टी-२० सिरिजको पहिलो पहिले बलिङ गर्ने भएको छ। त्रिवि मैदानमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्। खेल १ बजेदेखि सुरू हुनेछ।
पाँच खेलको सिरिजको दोस्रो खेल भोलि (आइतबार)नै हुनेछ। बाँकी तीन खेल वैशाख १९, २० र २२ गते हुनेछ। नेपालले आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा वेस्ट इण्डिजसँग खेल्न लागेको हो।
नेपाली टिम वेस्ट इन्डिजविरुद्ध खेलेपछि विश्वकपका लागि वेस्ट इन्डिज नै जानेछ। वेस्ट इण्डिजको ‘ए’ टिममा सिनियर टोलीमा रहेर खेलेका अनुभवि खेलाडीहरू पनि छन्।
कप्तान चेजले वेस्ट इन्डिजको सिनियर टिमबाट ४९ टेस्ट, ४५ एकदिवसीय र ११ टी-२० खेल खेलेका छन्।
टेस्टमा उनले पाँच शतक प्रहार गरेका छन्। गत वर्ष भारतविरुद्धको टेस्टमा राष्ट्रिय टिममा डेब्यू गरेका उपकप्तान एलिक एथानाजले चार टेस्ट र १० एकदिवसीय खेलेका छन्। उनले वेस्ट इन्डिजको टी-२० टिममा भने डेब्यू गरेका छैनन्।
कप्तान चेजले वेस्ट इन्डिजको सिनियर टिमबाट ४९ टेस्ट, ४५ एकदिवसीय र ११ टी-२० खेल खेलेका छन्। टेस्टमा उनले पाँच शतक प्रहार गरेका छन्। गत वर्ष भारतविरुद्धको टेस्टमा राष्ट्रिय टिममा डेब्यू गरेका उपकप्तान एलिकले चार टेस्ट र १० एकदिवसीय खेलेका छन्। उनले वेस्ट इन्डिजको टी-२० टिममा भने डेब्यू गरेका छैनन्।
ओपनर आन्द्रे फ्लेचर पनि नेपाल आएका छन्। उनले वेस्ट इन्डिजको सिनियर टिमबाट २५ एकदिवसीय र ५४ टी-२० खेलेका छन्।
अनुभवी ब्याटर जोनसन चार्ल्स पनि वेस्ट इन्डिजको ए टिममा छन्। उनले सिनियर टिमबाट ५८ एकदिवसीय र ४८ टी-२० खेलेका छन्। चार्ल्स वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को टी-२० विश्वकप जित्दा टिममा थिए।
अर्का अलराउन्डर किमो पल पनि टिममा छन्। उनले वेस्ट इन्डिजको सिनियर टिमका लागि ३ टेस्ट, ३० एकदिवसीय र २३ टी-२० खेलिसकेका छन्।