काठमाडौं, ६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १४९ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १७८ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रुपैयाँ ०२ पैसा र बिक्री दर एक सय ५७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।
त्यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ७८ पैसा र बिक्री दर ९१ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २९ पैसा र बिक्री दर ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रुपैयाँ २१ पैसा र बिक्री दर १०३ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
हेर्नुहोस आजकाे विनिमय तालिकाः
© Foreign Exchange Rates