काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले तोलामा ७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बुधबार बढेको छ । मंगलबार प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।