काठमाडौं, १२ असोज । काठमाडौंको नागढुंगा–थानकोट खण्डको पहिरोमा यात्रुले जोखिमपूर्ण यात्रा गरिरहेका छन् । पहिरोमा परेर केही यात्रु घाइतेसमेत भएका छन् ।
पहिरोले सडकको एउटा लेन पूरै बन्द भएको छ । लेदोमाटोसहित खसेको पहिरो पन्छाउने काम यो समाचार तयार पार्दासम्म सुरु नै भएको छैन । नागढुंगा चेकपोइण्टमै पनि पहिरो खसेको छ । पहिरो जान थालेपछि काठमाडौं भित्रिने सवारी साधन चेकिङ गर्ने प्रहरीहरु ठाउँ सरेका छन् ।
अविरल वर्षासँगैको बाढी पहिरोबाट राजधानी काठमाडौंसहित देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौंका नदी र खोला निकारका बस्ती जलमग्न भएका छन् ।