काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश गम्भीर अवस्थामा रहेको भन्दै क्रान्तिका लागि तयार रहन अपिल गरेका छन्।
स्वर्ण लक्ष्मी सहकारी प्रकरणमा मागिएको ६० लाख धरौटी खारेजीको माग गर्दै पाटन उच्च अदालत पुगेका लामिछानेले संचारकर्मीहरूसँग लामो प्रतिक्रिया दिन अस्वीकार गरे पनि संक्षिप्त रूपमा भने, “अब समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु–गेट रेडी फर द रेभुलेसन।”
उनले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारलाई आफ्नो अभिव्यक्तिले अप्ठ्यारो पार्न सक्ने दाबी गर्दै, आफ्नो बोल्ने समय निकै नजिक आएको संकेत दिए।
“मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ। अहिले म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला,” लामिछानेले थपे।