काठमाडौं । प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किएका छन् । चितवनमा नेतृत्व चयनको लागि मतदानको तयारी भइरहँदा उनी भरतपुरबाट फर्किए । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् ।
मंगलबार दिउँसो करिब १२ बजे बर्जू गाउँपालिका-६ स्थित नरह चोकमा भएको दुर्घटनामा प्रदेश १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कार र प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचारकै क्रममा दिउँसो ४:१६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् । उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक यादव सप्तरीको विष्णुपुर गाउँपालिका-१ निवासी हुन् । उनी हालै सईबाट वरिष्ठ सईमा बढुवा भई जिल्ला प्रहरी कार्यालय सिरहामा सरुवा भएका थिए । सिरहामा हाजिर हुन जाने क्रममा उनी दुर्घटनामा परेका हुन् ।






















