टोकियो । जापानमा नेपाली युवतीको हत्या गरी खोलामा फालिएको अवस्थामा फेला परेको दुःखद समाचार सञ्जाल भरी भाइरल बनिरहेको छ ।

जापानको फुकुओकामा झपाको चन्द्रगढी ४ स्थायी घर भएकी २५ वर्षीया लक्ष्मी राजवंशीको हत्या गरी खोलामा फालेको अवस्थामा शव फेला परेको छ।
आज बिहान प्रहरीले नदीबाट सब निकालेर पोस्टमार्टम गरेपछि हत्या पुष्टि भएको हो। घटना पुष्टि भएपनि कसले र किन के कारण हत्या गर्यो भन्ने बारेमा प्रहरीले हत्याराको खोजी गरिरहेको छ
प्रहरीका अनुसार युवतीको निधारमा चोट देखिएको थियो l युवतीको रिपोर्टमा टाउकोमा ओझिलो घरेलु हतियार प्रहार गरी हत्या गरेको पुष्टि भएको छ।
हार्दिक श्रद्धाञ्जली

























