अन्तर नगर यातायात सञ्जाल विकास गर्न स्थानीय तहहरुको सहभागिता सुनिश्चित गरेर सेवा थाल्नेछौँ – कार्यवाहक प्रमुख, डंगोल

प्रतिवेदन बुझ्ने क्रममा परीक्षणकालीन सेवाको ३ महिना अवधिको समीक्षा गर्दै गरिएको थियो । यस अवधिमा ६६ हजार ९५२ जना यात्रीले सेवा लिएका छन् । एउटा बसले दैनिक औसत १४२ जना यात्री बोक्ने गरेको र यसबाट दैनिक ३ हजार १३४ रुपियाँ आम्दानी हुने गरेको देखिएको छ । एउटा बसको दैनिक सञ्चालन लागत ४ हजार ८१४ रुपियाँ रहेको छ । यसरी हेर्दा दैनिक प्रति बस १ हजार ६९० रुपियाँ (करिब ३५ प्रतिशत) घाटा भइरहेको प्रतिवेदनले औँल्याएको छ ।
अध्ययनले रातको ८ बजेदेखि ९ बजेसम्मको समयमा सबैभन्दा बढी (४१.५६ प्रतिशत) यात्रीको चाप रहने गरेको देखाएको छ । यसमा कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक र दैनिक ज्यालादारी गर्ने मजदुरहरूको संख्या धेरै छ ।

























