गोरखा, १४ भदौ। त्रिशूली नदीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–७, ज्यामिरेघाटमा कटान गरेको छ।

नदी तटबाट निकै माथि रहेका श्रीराम रेग्मी र प्रकाश रेग्मीका दुई घर उच्च जोखिममा परेका छन्।
बाढीले नदी किनारको जमिन कटान गर्दै बस्ती नजिक पुगेपछि स्थानीयमा त्रास बढेको छ।
























