मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ जित नजिक पुगेका छन् ।
कांग्रेसका उम्मेदवार गुरुङ २०२५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपाएमालेका उम्मेदवार पोल्देनछोपाङ गुरुङ १८०३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ४ मत पाएका छन् ।
कांग्रेसका अब २२२ मतले अगाडि रहेका छन् भने अब करिब १ हजार मत गन्न बाँकी छ । मनाङमा कूल मतदाता ६ हजार ७ सय ७९ रहेकोमा ४ हजार ८ सय ४५ मत खसेको थियो । ३ हजार ८३२ मत गणना भइसकेको छ ।
मुस्ताङको प्रदेश (क)मा कांग्रेसका मुनिन्द्रजंङ गुरुङ विजयी भएका छन् भने प्रदेश (ख)मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका थिए ।






















