पूर्वी चितवनको जयमंगलामा रहेको पंचकन्या माध्यमिक विद्यालयमा २९ बर्ष अध्यापन गराएका शिक्षकले अवकाश लिएका छन् ।
विद्यालयमा २९ वर्षदेखी अध्यापन गराएका शिक्षक शिब प्रसाद अधिकारीले अवकाश लिएका हुन् । वि. सं २०५१ सालदेखी विद्यालयमा अस्थायी शिक्षक हुँदै स्थाई भएर लगातार २९ बर्षसम्म एउटै विद्यालयमा सेवा गर्नु भएका अधिकारीले ६० बर्ष उमेर कटेकोले अनिवार्य अवकाश लिएका हुन् ।
अधिकारीलाई शुक्रबार विद्यालयमा कार्यक्रमको आयोजना गरि औपचारीक बिदाई गरिएको विद्यालयकी प्रधानाध्यापक अनिता पाैडेल जानकारी दिइन् ।
वडा नम्बर १३ का वडाध्यक्ष पोटबहादुर घिमिरेको प्रमुख आतिथ्यतामा भएको बिदाई कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रमेश भट्ट, विद्यालयका विद्यार्थीहरुले अधिकारीलाई पुष्प गुच्छा सहित सम्मान गर्दै बिदाई गरेका थिए ।

























