घरमा श्रीमती हुँदा-हुँदै युवती बोकेर होटल पुगेका थिए ‘उत्कृष्ट प्र’हरी’ घोषित सई, कोठामै र”ङ्गेहा’त समातिए
घरमा श्रीमती र छोराछोरी हुँदा-हुँदै एक युवतीसहित होटल पुगेका प्र’हरी चौकी भकुण्डेका इन्चार्ज प्र’हरी नायब निरीक्षक (सई) गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले कोठामै र”ङ्गेहा”त नि’यन्त्रणमा लिएका छन्। काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध होटलबाट स्थानीयवासीले श्रेष्ठलाई ती युवतीसहित नि’यन्त्रणमा लिएर जिल्ला प्र’हरी कार्यालय धुलिखेलको जिम्मा लगाएका हुन्।
विवाहित रहेका सई श्रेष्ठ गत जेठ महिनामा मात्र जिल्ला प्र’हरी कार्यालय काभ्रेपलान्चोकबाट ‘उत्कृष्ट प्र’हरी’ घोषित भएका थिए। पदीय मर्यादा, पारिवारिक जिम्मेवारी र कानुनविपरीत मध्यरातमा होटलमा भेटिएपछि स्थानीयले उनलाई नि’यन्त्रणमा लिएका हुन्।
जिल्ला प्र’हरी कार्यालय काभ्रेका प्रमुख एसपी रबिन कार्कीका अनुसार स्थानीयको खबरपछि श्रेष्ठसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला ल्याइएको र घ’टनाबारे थप अ’नुसन्धान भइरहेको छ।

























