बैतडी जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल पञ्चदेवल शिव धाम सम्पदेवलमा रहेको यस तामाको साढे बारेमा किम्बदन्ती रहेको छ ।

द.न.पा. -०४ देवलहाटमा रहेको यस प्रसिद्ध धाममा राणाकालीन समयमा जिल्लामा लामो समयदेखी पानी नपरी खडेरी पर्ने अवस्था आएपछि, शिव आरधाना पश्चात शिवले वर्षा गराउने धार्मिक विश्वास रहेकाले तत्कालीन बडाहाकिम निलबिक्रम राणा यस धार्मिक स्थलमा पुगेको र शिव आरधाना गरे पश्चात तत्काल पानी परेन र यश ठाउँमा देवताले के वर्षा गराउलार? भन्ने अविव्यक्ती दिनु भएको थियो।
यश धामबाट घर जाने क्रममा अचानक भारी वर्षा भै घर जान नपाएको अवस्था भएपछि, यश शिव धाममा सत्यता रहेको विश्वासले त्यसबेला यो तामाको साढे चढाईएको थियो। जुन अहिले पनि विधमान नै छ।
























