काठमाडौं । बला’त्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बला’त्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्रेको थियो । तर दशैंको विदा परेका कारण अदालत बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराउन लागिएको हो । सन्दीपविरुद्ध परेको उजुरीमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई निश्चित दिन तोकेर म्याद दिने छ ।
कतारको दोहाबाट बिहीवार बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै सन्दीप पक्राउ परेका थिए । प्रहरीले सन्दीपको हातमा हतकडी लगाएपछि कतिपयले प्रहरीको आलोचनासमेत गरेका थिए ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बला;त्कार गरेको गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर गएका थिए ।
उनीविरुद्ध उजुरी परेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो । साथै उनलाई पक्राउ गर्न नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको थियो । इन्टरपोलको निशानामा परेलगत्तै उनी काठमाडौं फर्किएका थिए ।