काठमाडौं । प्रतिनिधिसभातर्फ सांसदमा स्वतन्त्र उम्मेदवारी दिने कलाकारमा गायक सञ्जय श्रेष्ठ पनि रहनुभएकाे छ । उहाँले आइतबार काठमाडौं क्षेत्र–६ बाट आफ्नो उम्मेदवारी दर्ता गराउँनु भएकाे छ ।
राजनीतिमा लागेर समाज परिवर्तनका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको उहाँले बताउँनु भएकाे छ । उहाँले तारकेश्वरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउँनु भएकाे हाे ।
यस्तै, चलचित्र निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठ पनि यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्नु भएकाे छ । उहाँ नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यका लागि सिफारिस हुनुभएकाे थियाे । आफूले धादिङको क्षेत्र नम्बर–१ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएको निर्माता तथा अभिनेता श्रेष्ठले बताउँनु भएकाे छ ।
यसै क्रममा अभिनेत्री रेखा थापाले पनि यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट संसदीय निर्वाचनमा उम्मेदवारी दिनुभएकाे छ । केही वर्ष यताबाट राप्रपामा रहेर राजनीति गर्दै आउनु भएकी अभिनेत्री रेखा थापाले यही पार्टीबाट आइतबार मोरङ क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराउँनु भएकाे हाे ।
आफ्नो गृह क्षेत्र रहेको र पार्टीले यही क्षेत्रबाट सिफारिस गरेका कारण मोरङको क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दर्ता गराएको अभिनेत्री रेखाले बताउँनु भएकाे छ । आजको राजधानी दैनिक