कार्तिक ३०, काठमाण्डाैं ।
यहि आउदो मंसीर १४ गतेका दिन उर्वरा फाउण्डेसनको आयोजनामा “उर्वरा राष्ट्रिय सम्मान २०७९” आयोजना हुने भएको छ । विभिन्न क्षेत्रमा योगदान गर्दै आउनुभएका व्यक्तिहरूलाई सम्मान गर्ने उक्त कार्यक्रममा नेपाली काँग्रेसका गगनकुमार थापाको प्रमुख आतिथ्य रहने उर्वरा फाउण्डेशनकी अध्यक्ष देवकी अभिलाशीले बताउनु भएको छ ।
साहित्य, संगीत, समाजसेवा, पत्रकारिता, लघुबित्त, पर्यटन, बाणिज्य लगायतको क्षेत्रमा बिशेष योगदान पुर्याउनु हुने व्यक्तिहरूलाई सम्मान गर्न लागिएको कुरा सँस्थाकी अध्यक्ष अभिलाषीले बताउनुभयो । फाउण्डेशनको सँस्थागत निर्णय अनुसार १३ जना ब्यक्तिहरूले सम्मान प्राप्त गर्ने हुनुभएको छ ।
फाउण्डेसनको निर्णय अनुसार, उर्वरा राष्ट्रिय जलबिद्युत उर्जा सम्मानबाट गणेश कार्की, उर्वरा राष्ट्रिय संगीत सम्मानबाट गायक अशोक मुकारूङ, उर्वरा डायस्पोरा संगीत सम्मानबाट गायक जीवन शर्मा, उर्वरा डायस्पोरा समाजसेवी सम्मानबाट समाजसेवी हेम थापा, उर्वरा राष्ट्रिय रेडियो पत्रकारिता सम्मानबाट गीतकार, रेडियो पत्रकार तुलसी बस्नेत, उर्वरा राष्ट्रिय पर्यटक प्रवर्द्वन सम्मानबाट कवि तथा पर्यटन व्यवसायी सुमन घिमिरे, उर्वरा डायस्पोरा साहित्य सम्मानबाट कवि तथा साहित्यकार नरेश काङमाङ, उर्वरा राष्ट्रिय पर्वतारोहण सम्मानबाट सगरमाथा आरोही देउराली चाम्लिङ, उर्वरा राष्ट्रिय बहुआयामिक कला सम्मानबाट कलाकार लक्षमण श्री, उर्वरा राष्ट्रिय युवा उद्यमी सम्मानबाट हरि ठकुरी, उर्वरा राष्ट्रिय समाजसेवा सम्मानबाट रिमा सापकोटा, डायस्पोरा गीतकार सम्मानबाट गीतकार भुपेन्द्र महत र उर्वरा समाजसेवी सम्मानबाट समाजसेवी शोभाकान्त पाण्डे सम्मानित हुने भएको छ ।
कार्यक्रम मंसीर १४ गतेका दिन नेपाल पर्यटन बोर्डको सभाहलमा हुने जानकारी प्राप्त भएको छ ।