एजेन्सी । बारा क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का अच्युतप्रसाद मैनाली विजयी भएका छन् । नेपाली कांग्रेसका उमाकान्त चौधरीलाई ९ हजारभन्दा धेरै मतान्तरले पराजित गर्दै मैनाली प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।
पछिल्लो मत परिणामअनुसार एमालेका मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले ३ हजार ३१९ मत ल्याउँदा राप्रपाका भक्तबहादुर दर्लामीले १ हजार ७९२ मत पाएका छन् ।