मंसिर ९, पाँचथर । पाँचथरबाट नेकपा एमालेका बसन्तकुमार नेम्वाङ फेरि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् ।
नेम्वाङले ३२ हजार ११० मत ल्याउँदा आङ्देम्बेले ३२ हजार ६३ मत पाए । झिनो मतान्तरले निर्वाचित नेम्वाङ यसअघि पनि सोही क्षेत्रबाट सांसद थिए ।
मोरङ ४ बाट मोदीले चुनाव जिते
मोरङ-४ प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेता अमनलाल मोदी निर्वाचित भएका छन् । उनले ३०६१२ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेपाल विनोद प्रसाद ढकाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताले २४४६३ ल्याए ।
त्यस्तै, रवि रिजाल राष्ट्रिय प्रजातन्त्र पार्टी(हलो)ले १०१९ मत, नेत्र प्रसाद सिवाकोटी राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टीले ५१९ मत र हाम्रो नेपाली पार्टी( लौरो)का नविन कुमार विश्वास खवासले ३९२ मत पाएका छन् ।