काठमाडौं । गएको आइतबार सम्पन्न आम निर्वाचन अन्तर्गत जारी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा अहिलेसम्म नेकपा (एमाले)ले सबैभन्दा बढी मत ल्याएको छ । एमालेले १७ लाखभन्दा बढी मत ल्याउँदा नेपाली कांग्रेसले दोश्रो स्थान हासिल गरेको छ ।
हालसम्म एमालेले १७ हजार ३६ मत पाएको छ भने कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ ।
घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ४५ हजार पाँच सय ६१ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म ७ लाख १९ हजार ३ सय ७२ मत प्राप्त गरेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख ७८ हजार दुई सय ३३, जनता समाजवादी पार्टी (जसपा) ले २ लाख ४ हजार ७ सय २४, नेकपा (एकीकृत समाजवादी) ले १ लाख ४८ हजार २ सय १७ र नागरिक उन्मुक्ति पार्टीले १ लाख लाख ३३ हजार ५ सय ४ मत प्राप्त गरेका छन् ।