काठमाडौं । कतार विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन बल अवार्ड जितेका छन् । विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् ।
उनको कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि जित्यो । भने उक्त जितको नायक मेस्सी बनेका थिए । मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई हराएर तेस्रो पटक उपाधि जितेको हो । मेस्सीले यो विश्वकप नै आफ्नो अन्तिम विश्वकप भएको बताइसकेका छन् ।
गोल्डेन बुटको अवार्ड एम्बाप्पेलाई
काठमाडौं । कतार विश्वकपमा फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् । एमबाप्पेले विश्वकपको ७ खेलमा ८ गोल गरेका थिए ।
उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पछि पारे । मेस्सीले ७ खेलमा ७ गोल गरे । एमबाप्पेले अर्जेन्टिनाविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए ।