काठमाडौँ । अर्जेन्टिनाले फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३६ वर्षपछि फिफा विश्वकपको उपाधि उचालेको छ ।
कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हरायो । निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । टाइब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे ।
फ्रान्सका लागि केयलिन एमबाप्पे र कोलो मुनीले मात्र गोल गरे । किङ्ग्स्ली कोम्यान र औरेलिन चोआमेनी गोल गर्न चुक्दा अर्जेन्टिना विजयी भयो ।
अर्जेन्टिनाले यसअघि १९७८ मा नेदरल्याण्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो।