नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। मंगलबार उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो।
उनी अस्पतालमा भर्ना भएको नेपालको सचिवालयले पुष्टि गरेको छ। सचिवालयका अनुसार रूघा-खोकी र छातीमा संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।
धेरै दल हुँदा सरकार गठनमा सेटिङ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि सेटिङ र लेनदन सुरू भएको बताएका छन्। राजधानीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले सरकार निर्माणका लागि स्पष्ट बहुमत नल्याउँदा नयाँ सरकार बनाउन लेनदन सुरू भएको बताएका हुन्।
‘लोकतन्त्रमा सरकार गठनका लागि अन्यौलता हुनु राम्रो होइन। तर लोकतन्त्र कमजोर हुँदा यो परिस्थितिमा आइपुग्यो। सात वटा त राष्ट्रिय दलनै छन्। सरकार गठन कुनै उद्धेश्य वा विकासका लागि होइन लेनदेन र सेटिङमा भइरहेको छ,’ उनले भने।
सरकार गठनको संवाद पदमा केन्द्रित रहेको उनले बताए। ‘सरकार सुशासनका लागि जनतालाई सुविधा दिनका लागि हुनुपर्ने हो कोही पनि सरकार कस्तो भन्ने भन्दामा पनि विकास र सुशासनलाई कमजोर पार्ने तरिकाले छलफल भइरहेको छ,’ ओलीले भने।