काठमाडौं । पोखरामा भएकाे विमान दुर्घटनामा मृत्यु भएकाहरू मध्ये ३ जनाका शव देखिएकाे भए पनि निकाल्न सकिएकाे छैन भने ३ जना अझै बेपत्ता नै छन् ।
आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरु मध्य सुरक्षाकर्मीहरुले ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुझाएका छन् । उक्त दुर्घटनामा परी मृत्यु भएको थप तीन जनाको शव देखिएको छ भने तीनजना अझै हराइ रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले दिएको जानकारी अनुसार तीनवटा शव हिजै देखि सकिएको छ तर उद्धार गर्न सकिएको छैन ।
भौगोलिक कठिनाइका कारण ती तीनवटा शवलाई संकलन गर्न नसकिएको शाहीको भनाइ रहेको छ । सेती नदीको अप्ठेरो खोचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएको उनले बताए ।
अहिले बिहान खोज र उद्धारको कार्य कार्य जारी राखिएको समेत उनले जानकारी दिए ।