एजेन्सी । भारतको कर्नाटकको रामनगर जिल्लामा एक नाबालिग बालिकामाथि एसिड प्रहारको घटना सार्वजनिक भएको छ । प्रहरीका अनुसार भर्खरै एसिड प्रहारका आरोपित सुमन्तको विवाहको प्रस्ताव युवतीले अस्वीकार गरेपछि आरोपीले युवतीको अनुहारमा एसिड प्रहार गरेका थिए ।
प्रहरीले आरोपीको पहिचान बेंगलुरुबाट ६० किलोमिटर टाढा कनकापुराका सुमन्तको रूपमा गरेको छ । शुक्रबार साँझ युवती आफ्नो कान्छो भाइसँगै घर नजिकै हिड्दै गर्दा उक्त घटना भएको हो ।
मिडिया रिपोर्टका अनुसार पीडित बालिकाको अनुहार नराम्ररी जलेको छ, जसको अस्पतालमा उपचार भइरहेको छ । पीडितको आँखा बचाउन निकै गाह्रो भइरहेको छ । एसिड प्रहारबाट पीडित बालिकाको ढाड, काँध र आँखामा चोट लागेको छ ।
मिडिया रिपोर्टका अनुसार पीडित युवती गत शुक्रबार साँझ करिब ६ बजे आफ्नो भाइसँग बाइपास रोडमा हिड्दै गर्दा मोटरसाइकलमा घटनास्थलमा पुगेका आरोपीले उनको प्रस्ताव स्वीकार गर्न मनाउन खोजेका थिए ।
युवतीले अस्वीकार गरेपछि उनले अनुहारमा एसिड हानेर भागेका थिए । केही यात्रुहरूले आक्रमण देखे र लगत्तै बालिकालाई स्थानीय सरकारी अस्पतालमा भर्ना गरेका थिए ।