भेष मानन्धर, पोखरा । मंगल हेतुले विपश्यना साहायक आचार्य श्री स्वहित विर सिंह कंसाकारको समुपस्थितिमा २०७९,माघ १३ गते शनिबारका दिन पोखरा महानगरपालिका वडा नं. २६, बुढी बजारमा अवस्थित श्री जुनियर सिटिजन्स एकेडेमिमा कक्षा ११ र १२ मा अध्ययनरत लगभग २३ जना विज्ञान संकायका विधार्थीहरु माझ १ दिवशिय आनापान सत्ति ध्यान शिविर सम्पन्न भयो ।
अघिल्लो दिन साहायक आचार्यले ध्यान मानविय जीवनमा किन आवश्यक छ र यसको सहि अभ्यासले मानिसलाई आफ्नो जीवन आनन्दमयी, सुःख र शान्तिपूर्ण कसरी बिताउन सकिन्छ भनेर ध्यानको शाब्दिक अर्थ तथा व्यवहारगत महत्वबोध गराउनु भएको थियो ।साथै सोहि दिन JCA स्कूलका SEE दिने लगभग ६४ जना विधार्थीहरु लाई १० मिनेटको मिनि आनापान सत्ति ध्यानको अभ्यास गराईको थियो । सॅाझ पोखरा महानगरपालिका वडा नं. १६, बाटुलेचौरमा अवस्थित पोखरा एकेडेमीमा पनि SEE परीक्षाको तयारीका लागि होस्टलमा बसेका विधार्थीहरु एंव स्कूलका प्रिन्सिपल लगायत केहि कर्मचारीहरु को उपस्थितीमा १० मिनेटको मिनि आनापान सत्ति ध्यानको अभ्यास गराईएको थियो ।
एक दिवशिय आनापान सत्ति ध्यान शिविरमा उपस्थित विधार्थीहरुले साहायक आचार्य संगको प्रश्नोत्तर कार्यक्रममा यस ध्यानको अभ्यासले सुःख, शान्ति र आनन्द आफै भित्र रहेको बाहिर खोज्न नपर्ने कुराको बोध भएको कुरालाई निसंकोच बताएका थिए ।
ध्यानको सहि तरीकाको अभ्यासले मात्र सहि परिणाम दिने कुरामा जोड दिनु हुदै साहायक आचार्यले ध्यानाभ्यास कुनै उमेर समुहको लागि होईन सबैका लागि र सबै स्थान र अवश्थामा उपयोग गर्न सकिने महत्वपूर्ण औजार रहेको कुरा बारबार दोहोर्याउनु भएको थियो ।
मिति २०७९-माघ, १४ गते, स्यागंजा जिल्ला हरिनास गाऊपालिका-वडा नं. १, साल्डाडामा रहेको श्री भोज प्रकाश उच्च मा. वि. का कक्षा ११-१२ र ९-१० का विधार्थीहरु एंव केहि शिक्षक शिक्षिकाहरु माझ २ पटकको तालिका बनाएर १० मिनेटको मिनि आनापान सत्ति ध्यानको अभ्यास गराईएको थियो ।
त्यस्तै गरि हरिनास-१ मा नै अवस्थित क्यालिक्स बोर्डिगं स्कूलका ६ र ८ का विधार्थी साथै शिक्षक शिक्षिकाहरुलाई समावेश गरेर १० मिनेटको मिनि आनापान सत्ति ध्यान गराईएको थियो। सोहि दिन हरिनास-१, छेक्मामा अवस्थित श्री आधारभूत मा.वि. का कक्षा ८,९ र १० का विधार्थी तथा शिक्षकशिक्षिका तथा विधालय व्यवस्थान समितिका अध्यक्ष श्री सृजन थापाको समेत उपस्थितीमा १० मिनेटको आनापान सत्ति ध्यानको अभ्यास गराईएको थियो ।
सरल बुझ्ने भाषामा साहायक आचार्यले ध्यानको परिभाषा दिदै र यसको महत्व किन आवश्यक छ भन्ने कुरा सहभागी विधार्थीहरु माझबाट प्रतिक्रिया लिदै त्यस पछि मात्र ध्यानाभ्यास गराईएको थियो ।
मिति २०७९-१०-१५ गतेका दिन स्यागंजा, हरिनास-०२ मा अवस्थित श्री महिमा उच्च मा. वि. का कक्षा ११ र १२ का विधार्थीहरु, शिक्षकशिक्षिकाहरु साथै विधालय व्यवस्थान समितिका अध्यक्ष श्रीमति मिठ्ठु लम्साल, सोहि वडाका वडा अध्यक्ष श्री ओम प्रकाश सिग्देलको समेत उपस्थितीमा १० मिनेटको मिनि आनापान सत्ति ध्यान गराईएको थियो ।
हरिनास-०४, चित्रेमा अवस्थित श्री मातृभुमी उच्च मा. वि. का कक्षा ११-१२ का विधार्थीहरु लाई पनि १० मिनेटको आनापान सत्ति ध्यानाभ्यास गराईयो । साथै गृहकोटमा अवस्थित श्री जनजागृती मा. वि.का कक्षा ८,९ र १० का विधार्थी तथा शिक्षकशिक्षिकाहरुको सहभागितामा आनापान सत्ति ध्यानाभ्यास गराईयो । सोहि दिन श्री पिताम्बर उच्च मा. वि. का कक्षा ८,९ र १० कक्षाका विधार्थी तथा शिक्षकशिक्षिकाहरु लाई समेत १० मिनेटको आनापान सत्ति ध्यानको अभ्यास गराईयो । सोहि विधालयमा कार्यरत शिक्षिका श्रीमती मन्जु राना आफु ४ चोटि विपश्यना ध्यान शिविरमा गई सकेको र नियमित ध्यानाभ्यासबाट आफुले धेरै लाभ हासिल गरेको प्रसंगहरु बताउनु भयो । आफ्ना आफन्तहरु समेत यस ध्यानको अभ्यासमा लागि रहेको कुरा समेत बताईन । उनीले अरुलाई कम्तिमा आनापान सत्ति ध्यानको सहि तरीकाको अभ्यासले सहज तवरले जीवन जीउन सिकाउने हुदॅा यसलाई नियमित गर्न सुझाईन ।
साहायक आचार्यले ध्यान शब्द हामीले बारबार सुनेता पनि त्यस तर्फ कहिल्यै हामीले वास्ता नै गरेनौ । घरपरिवार, शिक्षक सबैले ध्यान दिएर काम गर्न, ध्यान दिएर पढ्न सुझाउछन् । ध्यान भनेको एकाग्रता हो । कुनै पनि काम गर्दा एकाग्र भएर गर्नु पर्छ । आनापान सत्ति ध्यानाभ्यास गर्दा नाकको दुबै द्वारमा एकटकले मनलाई अड्याउने र श्वास आएको र गएको लाई होस पूर्वक थाहापाई राख्ने । बिहान र बेलुका १०-१० मिनेट दिनको दुई पटक र १० मिनेटको ध्यान सकिए पछि २ मिनेटको मंगल मैत्रि, १० मिनेटको ध्यान गर्दा आफुले जुन सुःख, आनन्द र शान्तिको अनुभुति गरिएको हुन्छ त्यस्तै सुःख, आनन्द र शान्ति आफ्नो परिवार, साथिहरु, शिक्षकशिक्षिकाहरु, आफ्ना देशका सबै नागरिक एंव संसार भरका मानिसहरु सबैले पाऊन भनेर मन मनै कामना गरि गरिने ध्यान ।
यसरी दैनिक २ पटक बिहान र बेलुकी नियमित रुपले ध्यान गर्दै गयो भने अवश्य पनि आफ्नो सोच बदलिन्छ । यसले आफ्नो जीवन बदलिन्छ । आफु पनि सुःखी र आनन्दमयी जीवन जीऊन पुगिन्छ नै साथ साथै आफ्नो परिवार तथा आफन्तलाई पनि सुःखी र शान्तिपूर्ण जीवन जीउन प्रेरणादायी भूमिका खेलिरहेको हुन्छ । जीवन बदल्न केवल बुद्धिले बुझेर मात्र नहुने, अनुभुतिले पनि बुझ्नु पर्ने भएकोले, अनुभुति बुझ्न सहि तरीकाले ध्यानाभ्यास गर्नु पर्ने बताउनु भयो ।
तस्विरहरू भिडियोमा हेर्नुहाेस्ः