काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिटरब्याज पीडितलाई पशुपति क्षेत्रमा खाने र बस्ने व्यवस्था गर्न खोज्दा उनीहरुले खुलामञ्चमा नै बस्न चाहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
नगर प्रहरीले उनीहरुलाई खुलामञ्च प्रवेशमा रोक लगाएको केहीबेरमै बालेनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सरकार प्रति आक्रोश व्यक्त गर्दै यस्तो स्थिति सिर्जना हुँदा पनि सरकार रमिते बनेको आरोप समेत लगाएका छन् । मेयर बालेनले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै खुलामञ्चको विकल्प रोज्न आग्रह गरेका छन् ।
यो पनि हेर्नस्ः महिला नेतृत्व शिखर सम्मेलन
महिला नेतृत्व शिखर सम्मेलन ८ बुँदे घोषणापत्र जारी गरेको छ। नेपाल उद्योग परिसंघ महिला नेतृत्व मञ्चले आयोजना गरेको दुई दिने सम्मेलनले जारी गरेको घोषणापत्र सरकारलाई हस्तान्तरण गरिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा। तोय नारायण ज्ञवाली, राष्ट्रिय योजना आयोगका सहसचिव बाबुराम सुवेदीलाई दुई दिने सम्मेलनको घोषणापत्र हस्तान्तरण गरिएको हो। वित्तीय पहुँच बढाउँदै महिलाहरूलाई आत्मनिर्भर बनाउनेतर्फ नीतिगत व्यवस्था हुनुपर्ने र भएका नीतिहरूको प्रभावकारी कार्यान्वयनमा सम्मेलनले जोड दिइएको छ।
विश्वव्यापी व्यापार, प्रत्यक्ष विदेशी लगानी ९एफडीआई०, र अन्तर–क्षेत्रीय सम्बन्ध र नेटवर्कहरूमा महिलाहरूलाई वित्तीय र डिजिटल साक्षरतामा थप पहुँच चाहिने सुझाव सम्मेलनको छ।
महिलाको स्वतन्त्रता वित्तीय पहुँचसँग जोडिएको छ। महिला उद्यमीहरूले आफ्नो ज्ञान र सीपलाई अनुकूलन गर्न सक्ने सुनिश्चित गर्न कर्जाको थ्रेसहोल्ड बढाउनुपर्ने सुझाव घोषणापत्रमार्फत सरकारलाई दिइएको छ। लघु, साना र मझौला उद्यमहरूमा महिलाहरूको लागि हालको ऋण संरचना बढाउन सुझाव दिइएको छ, जसबाट महिलाहरूले स्वतन्त्र रूपमा आफ्नो व्यवसायको लागि वित्तीय निर्णयहरू लिन सक्नेछन्।